बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको मिति 2081/१२/२२ गतेको निर्णयबाट “बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनौट प्रक्रिया, २०८१” को मस्यौदामा सार्वजनिक रूपमा राय, प्रतिक्रिया माग गर्ने निर्णय भएकोले उक्त मस्यौदा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको वेबसाइट र मन्त्रालयको सूचना पाटीमासमेत प्रकाशन गरिएको छ। उक्त मस्यौदाउपर मिति 2081/१२/२६ गतेभित्र सो समितिको सचिवालय (कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय) वा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको इमेलः infolaw@moljpa.gov.np वा सत्य निरुपण तथा मेलमिलाप आयोगको इमेलः trcbabarmahal@gmail.com वा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको इमेलः ciedpnepal@gmail.com मार्फत राय, प्रतिक्रिया उपलब्ध गराउन अनुरोध गरिन्छ।
https://www.moljpa.gov.np/public/uploads/f781187c-1af6-4cb5-837d-1662cca03079.pdf