अन्तर्राष्ट्रिय मानवीय कानून र बेपत्ता पारिएका व्यक्तिको छानविन (International Humanitarian Law and Enquiry of Enforced Disappeared Persons) विषयक कार्यशाला सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ICRC को सहकार्यमा आयोगमा कार्यरत कर्मचारीहरुलाई बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धमा अन्तर्राष्ट्रिय मानवीय कानूनमा भएको व्यवस्था सम्बन्धी ज्ञान दिलाउन मिति २०७९।०४।१८ गते “अन्तर्राष्ट्रिय मानवीय कानून र बेपत्ता पारिएका व्यक्त्तिको छानविन“ (International Humanitarian Law and Enquiry of Enforced Disappeared Persons)  “ विषयक कार्यशाला  संचालन गर्यो।उक्त्त कार्यशालामा आयोगका सचिव श्री श्याम कुमार भट्टराई,  काठमाडौं स्कुल अफ ल का प्राध्यापक श्री गीता पाठक,  ICRC का क्षेत्रीय कानुनी सल्लाहकार डा. जर्ज डिभालेड्ज,  ICRC का नेपाल नियोग प्रमुख श्री सन्देश श्रेष्ठ, संरक्षण  विभागका प्रमुख श्री मीरा राणा तथा आयोगका कर्मचारीहरुको उपस्थिति रहेको थियो।आयोगका तर्फबाट सहसचिव श्री रोशनी कुमारी श्रेष्ठले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । उक्त कार्यशालाको पहिलो सत्रमा ICRC  को नेपाल नियोग प्रमुख सन्देश श्रेष्ठले “ ICRC  approach on the missing” विषयमा प्रस्तुति दिनुभएको थियो। प्रा. गीता पाठकले  “ General introduction to IHL/common article 3” र Dr. George Dvaladze ले  “ International Law provisions on missing/cooperation between the ICRC  and missing commissions ”विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यशालाको दोस्रो सत्रमा  ICRC को फोरेन्सिक विज्ञ Dr Derek Congram ले  “ Role of forensic science in humanitarian work on the missing” र Caroline Douilleiz  ले “ Missing mechanisms in different context” विषयमा  भर्चुअल माध्यमबाट कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा आयोगका सचिव श्याम कुमार भट्टराईले  आयोगले गरेका कामकारवाही र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा प्रकाश पार्नु भएको थियो ।होटल ग्रिनविच भिलेज,  सानेपामा सम्पन्न सो कार्यक्रमको सञ्चालन तथा सहजीकरण आयोगका शाखा अधिकृत श्री महेन्द्र प्रसाद अधिकारीले गर्नु भएको थियो ।