आधारभूत मनोसामाजिक परामर्श सम्बन्धी तालिम सम्पन्न।

बेपत्ता पारिएका व्यक्त्तिको छानविन  आयोग, नेपालले आयोगका पदाधिकारी र कार्यरत कर्मचारीहरुको लागि मनोसामाजिक परामर्श सम्बन्धी आधारभूत ज्ञान दिन मिति २०७८।७।१४ देखि २०७८।७।१६ गते सम्म “Helping People in Distress and Trauma”विषयक तालिम कार्यक्रम संचालन गर्‍यो ।उक्त  तालिम कार्यक्रम डा. केदार रायमाझीको संयोजकत्वमा संचालन गरिएको थियो । कार्यक्रममा  आयोगका पदाधिकारीहरु, सचिव, सहसचिव, अनुसन्धान  विज्ञहरु लगायत आयोगका कर्मचारीहरु सहभागिता रहेको थियो । तालिम कार्यक्रमको पहिलो दिनमा मनोसामाजिक मुद्दा र समस्या,  द्वन्द् पछिको आघात र मनोसामाजिक प्रतिक्रिया सम्बन्धी विषयमा डा. केदार रायमाझी र विनोद पौडेलले सहजीकरण गर्नु भएको थियो ।मानसिक असन्तुलनको संकेत तथा लक्षणहरु सम्बन्धी विषयमा पाटन अस्पतालका मनोपरामर्शविद अनुप राजभण्डारीले सहजीकरण गर्नु भएको थियो ।

तालिमको दोश्रो दिनमा डा. केदार रायमाझी र विनोद पौडेलले आघातजन्य घटनापछिको तनाव विकृति,   मनोसामाजिक विमर्श (Counseling )तथा संचारका सीप (Communication Skill)सम्बन्धी विषयमा सहजीकरण गर्नु भएको थियो । तालिममा सहभागीहरु विच  सामुहिक छलफल, सामुहिक प्रस्तुतिकरण, विषयवस्तु सम्बन्धी अभ्यास समेत गरिएको थियो ।

तालिमको तेस्रो तथा अन्तिम दिनमा मनोविमर्श प्रक्रिया, आत्महत्या र डिप्रेसन सम्बन्धी विषयमा विनोद पौडेलले सहजीकरण गर्नु भएको थियो । क्षति र वेदनाको व्यवस्थापन(Loss and Grief Management) र तनाव व्यवस्थापन  सम्बन्धी विषयमा डा. केदार रायमाझीले प्रस्तुतीकरण गर्नु भएको थियो  कार्यक्रमको अन्त्यमा यस्ता कार्यक्रमहरुबाट कर्मचारीहरुको क्षमता वृद्धि हुने, आयोगको छानविन प्रकृयामा सहयोग पुग्नूका साथसाथै व्यावहारिक जीवनमा समेत प्रशिक्षणबाट प्राप्त ज्ञान अत्यन्त उपयोगी हुने विचार व्यक्त्त गर्दै प्रशिक्षकहरुलाई आभार प्रकट गरी आयोगका अध्यक्ष श्री युवराज सुवेदीले कार्यक्रमको समापन गर्नु भएको थियो ।