आयोगका पदाधिकारी तथा कर्मचारीको आचार संहिता एवं वयान सम्बन्धी कार्यविधि जारी

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको मिति 2078/07/28 को निर्णयानुसार आयोगका पदाधिकारीहरुको आचार संहिता, 2078 र आयोगको मिति 2078/08/01 को निर्णयानुसार आयोगमा कार्यरत कर्मचारीहरुको आचार संहिता, 2078 जारी भएको छ । आयोगको कामको संवेदनशिलता र गम्भीरतालाई दृष्टिगत गरी यो आचार संहिता जारी गरिएको हो । सोही दिनको बैठकले आयोगको अनुसन्धानको क्रममा लिनु पर्ने वयान सम्बन्धी कार्यविधि समेत जारी गरेको छ । यस अघि जारी भएका पदाधिकारीहरुको आचार संहिता, 2072 र बयान सम्बन्धी कार्यविधि, 2075 खारेज गरिएको छ ।