आयाेगकाे कामलाई प्रभावकारी बनाउन विभिन्न कार्यटाेली बनाइएकाे सम्बन्धमा ।


(क) आयोगले गर्ने अनुसन्धानका लागि छानवीन निर्देशिका तयार गर्न आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकज्यूको अध्यक्षतामा आयोगका सचिव सदस्य, कानून न्याय, संविधानसभा तथा संसदीय व्यवस्था मन्त्रालय र महान्यायाधिवक्ताको                 कार्यालयको प्रतिनिधि सदस्य तथा आयोगका सहसचिव कुमुद प्रसाद शर्मा सदस्य सचिव भएको कार्यटोली गठन गरी १(एक) महिना भित्र निर्देशिका तयार गर्ने कार्यादेश दिने ।

(ख) आयोगको संचार नीति तर्जुमा गर्न आयोगका सदस्य श्री विजुल वि.क.दुलालको अध्यक्षतामा आयोगका सचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय र सूचना तथा संचार प्रविधि मन्त्रालयको प्रतिनिधि सदस्य तथा आयोगका शा.अ. परमानन्द घिमिरे       सदस्य सचिव भएको कार्यटोली गठन गरी १(एक) महिना भित्र संचार नीति तयार गर्ने कार्यादेश दिने ।
(ग) सवोत्खनन सम्बन्धमा कार्यविधि र प्रकृया तर्जुमा गर्न आयोगका सदस्य प्रा.डा.श्री विष्णु पाठकको अध्यक्षतामा आयोगका सचिव सदस्य, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी विधि विज्ञान                      प्रयोगशालाको प्रतिनिधि सदस्य तथा आयोगका उप सचिव रामहरि शर्मा काफ्ले सदस्य सचिव भएको कार्यटोली गठन गरी १(एक) महिना भित्र कार्यविधि र प्रकृया तयार गर्ने कार्यादेश दिने ।
(घ) बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनमा गर्नुपर्ने आवश्यक संशोधन सम्बन्धमा मस्यौदा तयार गरी पेश गर्न आयोगका सदस्य श्री नरकुमारी गुरुङ्गको अध्यक्षतामा आयोगका सचिव र कानून न्याय,              संविधानसभा तथा संसदीय व्यवस्था मन्त्रालयको प्रतिनिधि सदस्य तथा आयोगका सहसचिव कुमुद प्रसाद शर्मा सदस्य सचिव भएको कार्यटोली गठन गरी १(एक) महिना भित्र मस्यौदा तयार गर्ने कार्यादेश दिने ।
(ङ) आयोगले उजुरी आव्हान गर्दा गर्नुपर्ने तयारी तथा सो कार्यमा संलग्न कर्मचारीलाई दिइने तालिमको प्रारुप र आवश्यक बजेटको प्रक्षेपण गर्ने लगायतका आवश्यक अध्ययन गर्न आयोगका सदस्य श्री आईबहादुर गुरुङ्गको अध्यक्षतामा आयोगका          सचिव र अर्थ मन्त्रालयको प्रतिनिधि सदस्य तथा आयोगका ले.अ.हरिनारायण राजभण्डारी सदस्य सचिव भएको कार्यटोली गठन गरी १(एक) महिना भित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिने ।
(च) आयोगको अन्तरिम प्रतिवेदन तयार गरी आयोगमा पेश गर्न आयोगका सचिवलाई जिम्मेवारी दिने ।