आयोगको काम कारबाही सम्बन्धमा छलफल

आज मिति २०७८/०८/०८ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पूर्व मन्त्रीहरु श्री हरिबोल गजुरेल र श्री रेखा शर्मा तथा पीडित कृष्ण के.सी. समेतको उपस्थितिमा आयोगबाट सम्पादन भएका काम कारबाही र भावी कार्यनीतिका सम्बन्धमा छलफल भयो। आयोगबाट सम्पादन भएका काम कारबाहीका सम्बन्धमा पीडितको हक हितको लागि के कस्तो व्यवस्थापन गरिनुपर्दछ भन्ने सम्बन्धमा आ-आफ्नो दृष्टिकोण राख्नुभयो। साथै उहाँहरुले आफुहरुले निभाउनुपर्ने समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। बर्तमान ऐनको संशोधन गरी पीडितलाई छिटो भन्दा छिटो न्याय प्रदान गर्ने विषयमा समेत छलफल भयो। उक्त छलफल कार्यक्रममा आयोगका अध्यक्ष श्री युवराज सुवेदी, सदस्यहरु श्री विश्व प्रकाश भण्डारी, श्री सरिता थापा र सचिव श्री श्यामकुमार भट्टराई समेतले आयोगका चुनौतीहरुको बारेमा प्रकाश पार्नुभएको थियो।