आयोगको सचिवालय र ICRC बीच छलफल

आयोगको सचिवालय र ICRC बीच छलफल

मिति २०७९/०४/१३ गते Head of Regional Delegation of the International Committee of Red Cross (ICRC) का Head of Regional Delegation श्री Kedir Awol Omar र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिवालयका पदाधिकारीहरुका बीच छलफल भयो । सो छलफल कार्यक्रममा आयोगका सचिव श्री श्यामकुमार भट्टराई सहसचिवद्वय श्री कृष्णप्रसाद पुडासैनी, श्री रोशनी कुमारी श्रेष्ठ र शाखा अधिकृत श्री महेन्द्र प्रसाद अधिकारी तथा ICRC नेपालका प्रमुख श्री सन्देश श्रेष्ठ र ICRC नेपालका संरक्षण विभाग प्रमुख श्री मिरा राना समेत सहभागी हुनुहुन्थ्यो ।
सो छलफलमा आयोगको हालसम्म गरेका कामकारवाही, संसदमा पेश भएको आयोग सम्बन्धी ऐनको संशोधन विधेयकका प्रावधानका बारेमा छलफल भएको थियो । सो क्रममा अनुसन्धानको सिलसिलामा गर्नु पर्ने शव उत्खनन् जस्ता बिषयमा प्राविधिक सहयोगका साथै अनुसन्धानमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि र संक्रमणकालीन न्याय सम्बन्धी बिभिन्न अभ्यासहरुका सम्बन्धमा अध्ययन अबलोकन समेतका बिषयमा ICRC सँग निरन्तर सहकार्य र समन्वयको क्षेत्रका बारेमा छलफल भएको थियो । साथै संक्रमणकालीन न्याय सम्बन्धी बिषयलाई कानूनको उच्च अध्ययनमा विशिष्ट बिषयको रुपमा समाबेश गरी अध्ययन गर्ने व्यवस्था मिलाउन सबै पक्ष क्रियाशील हुनु पर्ने र सो बिषयमा ICRC को थप क्रियाशीलताको बारेमा समेत छलफल भएको थियो । सो क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पेश गरिएको आयोगको पाँचौ अन्तरिम प्रतिवेदनमा समावेश भएका सुझावका विषयमा समेत छलफल भएको थियो । छलफलको क्रममा Head of Regional Delegation of the ICRC श्री Kedir Awol Omar ले आफू विगत सशस्त्र द्वन्द्वकालमा केही समय नेपालमै रहेको, नेपालको सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विभिन्न पक्षहरुका बारेमा जानकार रहेको बताउनु भयो । उहाँले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन कार्यलाई निश्कर्षमा पुर्‍याउन ICRC को तर्फबाट आयोगलाई यथासम्भव सहयोग गर्ने र सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । आयोगका सचिवले ICRC ले आयोगको कामकारवाहीमा पुर्‍याएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।