उजूरी आह्वान सम्बन्धी सूचना

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको

अत्यन्त जरुरी सूचना

प्रकाशन मितिः २०७८/०६/०५

सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पारिएका घटनाबारे यस आयोगबाट यसअघि पटक पटक प्रकाशित सूचनामा उल्लेख भएको समयावधिभित्र उजूरी दिन छुट भएका व्यक्तिहरुले व्यक्ति बेपत्ता भएको भन्ने आधार प्रमाणसहित मिति २०७८ साल पौष समान्तसम्म आयोगको कार्यालय, पुल्चोक ललितपुरमा दर्ता सनाखत हुने गरी उजूरी दिन सकिने व्यहोरा अनुरोध छ । त्यस्तो उजूरी विद्युतीय माध्यमबाट समेत (ciedpnepal@gmail.com) दिन पाउने गरी बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नियमावली, २०७२ को नियम ३ बमोजिम यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।थप जानकारीका लागि आयोगको देहायको टेलिफोन नम्बरमा सम्पर्क गर्न सकिने छ ।

टेलिफोन:‍+९७७-१-५०१०१७९, ५०१०१९६,५०१०४८१, ५०१०१९१, ५०१०४७९, ५०१०४८०, ५०१०४८२
फ्याक्स: ०१-५०१०१६८
पैसा नलाग्ने फोन नं.१६६००१२२१११