एन्टीमोर्टम तथ्याङ्क  संकलन  सम्बन्धी अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न

 

बेपत्ता पारिएका व्यक्त्तिको छानविन  आयोगले मिति २०७८।५।१३ गते आईतबार व्यक्त्ति बेपत्ता पारिएका सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन शव उत्खनन कार्यको लागि आवश्यक एन्टीमोर्टम तथ्याङ्क  संकलन गर्न  आयोगका कर्मचारी तथा विज्ञ चिकित्सकहरुको लागि एन्टीमोर्टम तथ्याङ्क  संकलन सम्बन्धी अभिमुखीकरण कार्यशाला  आयोजना गरियो । उक्त कार्यक्रमको  अध्यक्षता आयोगका सदस्य तथा विधि विज्ञान  समन्वय समितिका संयोजक डा. श्री गंगाधर अधिकारीले गर्नुभएको थियो । उक्त गोष्ठीमा आयोगका सदस्यहरु, सचिव, अनुसन्धान विज्ञ,  विधि विज्ञान समन्वय समितिका विज्ञ  चिकित्सकहरु,  राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको बैज्ञानिक तथा आयोगका कर्मचारीहरुको  उपस्थिति रहेको थियो ।उक्त कार्यशालको संचालन आयोगको उपसचिव मिना गुरुङ्गले गर्नु भएको थियो। सो कार्यशालामा आयोगको अधिकार तथा  उद्देश्य सम्बन्धी कार्यपत्र सहसचिव शिवहरी कोइरालाले प्रस्तुतीकरण गर्नु भएको थियो । एन्टीमोर्टम तथ्याङ्क  संकलन टोलीको भुमिका र उत्तरदायित्व विषयक कार्यपत्र डा हरिहर वस्तीले र  एन्टीमोर्टम तथ्याङ्क  संकलन चेकलिष्ट  विषयक कार्यपत्र डा . रिजन श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।मनोसामाजिक परामर्श विषयक कार्यपत्र डा.सगुन बल्लभ पन्तले प्रस्तुत गर्नुभएको थियो ।