छलफल कार्यक्रम


यहि मिति २०७४।६।२९ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आयोजनामा आयोगको सभाहलमा आयोगले व्यक्ति बेपत्ता पार्ने घटनाका सम्बन्धमा प्राप्त उजुरी उपर गर्दै गरेको विस्तृत छानविन कार्यलाई थप सहज बनाउने विषयमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा आयोगका पदाधिकारी, सचिव र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो । सो कार्यक्रममा आयोगका सचिव श्री नृपध्वज निरौलाले आयोगको हालसम्मको कामकारवाही र सरोकारवाला निकायसँग गरिएको अपेक्षा विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो।