छलफल सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव श्री श्यामकुमार भट्टराईसँग नेपाल पिस विल्डिङ इनिसिएटिभ्‌का कार्यकारी निर्देशक श्री सोविन्द्र बोगटीले २०७९/७/२८ गते आयोगको कार्यालयमा भेटघाट गर्नु भयो। सो अवसरमा नेपालको संक्रमणकालीन न्यायको विद्यमान अवस्था र भावी कार्यदिशाका बारेमा छलफल भएको थियो। छलफलको क्रममा आयोगमा संलग्न जनशक्तिको क्षमता विकासका लागि सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो। उक्त छलफल कार्यक्रममा आयोगका सहसचिव श्री कृष्ण प्रसाद पुडासेैनी समेतका कर्मचारीहरुको सहभागिता रहेको थियो।