थप ८ जिल्लामा विस्तृत छानविनको पहिलो चरणको छानविन कार्य सम्पन्न

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता परिएको भनी आयोगमा प्राप्त भएका उजूरीहरु मध्ये दार्चुला, रुकुम (पश्चिम भाग), कालिकोट, बझाङ्ग, बाजुरा, रुकुम(पूर्वी भाग),जुम्ला र मुगु गरी आठ जिल्लाका आयोगबाट विस्तृत छानविन गर्ने भनी निर्णय भएका १९६ थान उजूरीको सम्बन्धमा विस्तृत छानविनको कार्य अन्तर्गत उजूरीकर्ता तथा साक्षी बुझ्ने, एण्टिमोर्टम तथ्याङ्क संकलन फाराम र परिपूरण फाराम भराउने कार्य सम्पन्न गरी आयोगसमक्ष प्रतिवेदन पेश गर्न आयोगका सदस्यहरु श्री विश्वप्रकाश भण्डारी, डा. श्री गंगाधर अधिकारी, श्री सुनिल रंजन सिंह र श्री सरिता थापालाई जिल्लागत अनुसन्धान अधिकारी तोकी अनुसन्धान टोली गठन गरिएकोमा अनुसन्धान अधिकारी तथा तत् तोलीका सदस्यहरु प्रत्येक जिल्लाको सदरमुकाम पुगी उजूरीका आधारमा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका आठ जिल्लाका १९१ थान उजूरीका उजूरीकर्ता तथा साक्षी बुझ्ने, एण्टिमोर्टम तथ्याङ्क संकलन फाराम र परिपूरण फाराम भराउने कार्य सम्पन्न गरेको छ।

उक्त अनुसन्धानको दौरान सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारका साथै सम्बन्धीत स्थानीय निकायहरुसँग समन्वय गरी अनुसन्धान कार्य भएको थियो।उक्त अनुसन्धानको अनुगमन आयोग अध्यक्ष श्री युवराज सुवेदी  र आयोगका सचिव कृष्णजीवी घिमिरेबाट भएको थियो।