दुई आयोगको संयुक्त बैठक सम्पन्न


काठमाडौं, पौष २२ गते । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको संयुक्त बैठक बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको कार्यालय पुल्चोक ललितपुरमा सम्पन्न भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकको अध्यक्षतामा बसेको उक्त बैठकले उजुरी संकलन  प्रक्रियालार्इ के कसरी प्रभावकारी बनाउने र स्थानीयस्तरमा के कुन निकायलार्इ उजुरी संकलन प्रक्रियामा सहभागी गराउने भन्ने विषयमा छलफल गरेको छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सुर्यकिरण गुरुङ्ग, सदस्यहरु लीला उदासी, श्रीकृष्ण सुवेदी, डा. माधवी भट्ट र मञ्चला कुमारी झा तथा सचिव डा. नरेन्द्रमान श्रेष्ठ सहभागि हुनुभएको उक्त बैठकमा यस आयोगका सदस्यहरू बिजुल वि.क. दुलाल, प्रा. डा. विष्णु पाठक, आइबहादुर गुरुङ्ग, सचिव महेश शर्मा पौडेल, सहसचिव कुमुद प्रसाद शर्मा, उपसचिव रामहरि शर्मा काफ्ले र शाखा अधिकृत गोविन्द प्रसाद हुमागार्इ सो बैठकमा सहभागि हुनुभएको थियो ।