निजामती सेवा दिवस -२०७९ को अवसरमा कार्यक्रम सम्पन्न

मिति २०७९ भाद्र २२ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्वारा निजामती सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ। सोही दिवसको पूर्व सन्ध्यामा मिति २०७९/०५/१७ देखि आयोगमा कार्यरत कर्मचारीहरुलाई Art of Living को ६ दिने Happiness Program समेत सम्पन्न भएको छ। भाद्र २२ गते आयोगका सचिव श्री श्यामकुमार भट्टराईको अध्यक्षतामा कार्यक्रम आयोजना गरी किर्तिपुर अस्पतालका विभागीय प्रमुख डा. अनुप सुवेदीले कोभिड संक्रमण तथा विभिन्न सरुवा रोगका सन्दर्भमा अपनाउनु पर्ने सावधानीका क्षेत्रहरु विषयमा प्रशिक्षण गर्नु भएको थियो। सो अवसरमा आयोगका शाखा अधिकृत श्री भिष्म आचार्य, हलुका सवारी चालक श्री बलराम पराजुली  र कार्यालय सहयोगी श्री तुल्सी वलीलाई आयोगका उत्कृष्ट कर्मचारीको रुपमा नगद पुरस्कार र प्रशंसा-पत्रद्वारा सम्मान गरी कार्यक्रम समापन गरिएको थियो।