नेपाल बार एशोसिएशनका पदाधिकारीहरुसँगको छलफल कार्यक्रम सम्पन्न


२०७२ साल पौष २९ गते । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आफ्नो कार्यालय पुल्चोक ललितपुरमा नेपाल बार एशोसिएशनका पदाधिकारीहरुसँगको छलफल कार्यक्रम सम्पन्न गरेको छ । आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा नेपाल बार एशोसिएशनका उपाध्यक्ष टिकाराम भट्टरार्इ, महासचिव सुनिल पोखरेल, केन्द्रिय सदस्यहरु केदार प्रसाद कोर्इराला, लक्ष्मी दाहाल (रावल) र गजेन्द्र शंकर तिमिलाको उपस्थिति थियो भने आयोगका सदस्यहरु प्रा.डा. विष्णु पाठक, नरकुमारी गुरुङ, आर्इ बहादुर गुरुङ, सचिव महेश शर्मा पौडेल, सहसचिव कुमुद प्रसाद शर्मा, उपसचिव रामहरि शर्मा काफ्ले र शाखा अधिकृत गोविन्द प्रसाद हुमागार्इ सो छलफल कार्यक्रममा सहभागी हुनु भएको थियो । उपस्थित बारका पदाधिकारीहरुले शान्ति प्रक्रियालार्इ पूर्णता प्रदान गर्न आयोगको काम अत्यन्त महत्वपूर्ण भएको र आयोगलार्इ प्रदत्त जिम्मेवारी आम समुदायको साझा जिम्मेवारी भएकोले आयोगलार्इ आवश्यक जस्तोसुकै सहयोग गर्न पनि नेपाल बार एशोसिएशन तयार रहेको छलफलका क्रममा बताउनु भएको थियो ।

कार्यक्रमको समापन गर्दै आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले नेपाल बार एशोसिएशन निरन्तर पीडितहरुको पक्षमा काम गर्दै आर्इरहेको संस्था भएको बताउँदै उपस्थित नेपाल बार एशोसिएशनका पदाधिकारीहरुले legal experts उपलब्ध गराउने देखि आयोगले माग गरेमा आफ्ना स्थानीयस्तरमा रहेका बारका र्इकार्इहरुलार्इ आयोगको काममा सहयोगका लागि परिचालन गर्न सकिने सम्मका विकल्पहरु समेत स्वयं प्रस्तुत गरि आयोगको काममा सहयोग गर्ने प्रतिबद्दता समेत जनाउनु भएकोमा नेपाल बार एशोसिएशनलार्इ धन्यवाद दिंदै सो प्रतिबद्दताले आफू हर्षित रहेको कुरा उल्लेख गर्नुभएको थियो ।