परिपूरणसम्बन्धी कार्यविधि तर्जुमाको लागि छलफल सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य डा. श्री गंगाधर अधिकारीको संयोजकत्वमा गठित परिपूरण सम्बन्धी कार्यविधि तर्जुमा समितिको बैठक मितिः२०७८/०७/३०,२०७८/०८/२,३,५ मा बसी सो कार्यविधिको मस्यौदा तयारीको कार्य भैरहेको छ। उक्त समितिमा पीडितका प्रतिनिधि श्री भागीराम चौधरी र श्री शोभा भट्ट, सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव श्री मानबहादुर अर्याल, आयोगका सहसचिव श्री शिवहरि कोइराला, आयोगका उपसचिव श्री बिमल थापा सदस्य र आयोगका उपसचिव श्री कोमल पराजुली उक्त समितिको सदस्य सचिव हुनुहुन्छ। उक्त छलफलमा सशस्त्र द्वन्द्व भई व्यक्ति बेपत्ता भएको लामो समय ब्यतित भईसकेको हुँदा यस समयअवधिमा पीडित परिवारजनले धेरै पीडा भोग्नु परेको विभिन्न उदारहण प्रस्तुत गर्दै पीडितहरुको माग, चाहना, आवश्यकताको प्राथमिकताक्रममा परिवर्तन भइसकेको तथ्यलाई मध्यनजर गर्दै हालको अवस्था र सो बमोजिमको मागलाई समेत सम्बोधन गर्ने गरी परिपूरण उपलब्ध हुने गरी कार्यविधि सिफरिस हुनुपर्नेमा पीडितका प्रतिनिधि तथा समितिका सदस्यले जोड दिनुभएको थियो, भने आयोगका सदस्य तथा समितिका संयोजक र अन्य सदस्यहरुले समेत सोही विषयवस्तुलाई मध्यनजर गरी कार्यान्वयन योग्य, वस्तुनिष्ठ, व्यवहारिक कार्यविधि तर्जुमा गरी पीडितलाई न्याय पाएको अनुभूति गराउने गरी कार्यविधि तर्जुमा गर्न समिति प्रतिबद्ध भई कार्य गरिरहेको जानकारी गराउनु भएको थियो। यसमा सरकार लगायत अन्य राजनीतिक दलहरुको समेत अपनत्व र सहयोग रहने विश्वास समितिले गरेको छ। समितिले तयार पारेको मस्यौदा उपर सबै सरोकारवालाको सहभागितामा छलफल गरी अन्तिम रुप दिने कार्य भईरहेको छ।