प्यूठानको खलङ्गामा सूचना संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले उजुरीहरूमा छानविन गर्न सहयोग पुग्ने सूचना जानकारी विवरण संकलन गर्ने कार्य  जिल्लागत रुपमा तीव्रता दिईरहेको छ ।  सोही क्रममा प्यूठानको खलंङ्गामा आयोगका सचिव श्री कृष्णजीवी घिमिरेको  अध्यक्षतामा मा.जि.न्या. विष्णु गौतम, प्र.जि.अ. श्री बद्रिनाथ गैरे, जि.न्या.व श्री शिवप्रसाद आचार्य,  नि. जिल्ला प्रहरी प्रमुख, जिल्ला बार अध्यक्ष, रेडक्रस र इन्सेक प्यूठान शाखाको उपस्थितिमा मिति २०७६/०१/२९ मा व्यक्ति बेपत्ता पारिएको घटनाका सम्बन्धमा विभिन्न निकायहरूमा रहेका सूचना विवरण संकलन गर्ने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।