बर्दिया जिल्लाका ६ परिवरका सदस्यलाई पीडित परिचय पत्र वितरण कार्यक्रम सम्पन्न।

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएको भनी बेपत्ता पारिएको भनी आयोगमा परेका उजूरी उपर अनुसन्धान गर्दा सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका भनी यकिन भएका मध्ये बर्दिया जिल्लाका ६ जनाका बेपत्ता व्यक्तिको परिवारका सदस्यलाई पीडित परिचय वितरण गरिएको छ।
आयोगले विस्तृत अनुन्धान पश्चात् ती परिवारका सदस्य एकिन गर्न तत् स्थानीय तहका वडा कार्यालयमा पुगी आवश्यक प्रमाण सहित लगत संकलन गरी प्रमाणित पीडित परिवारका सदस्यलाई पीडित परिवारका सदस्यलाई बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नियमावलीको अनुसूची-१२ को ढाँचामा पीडित परिचयपत्र तयार गरी वितरण गर्ने निर्णय गरेको थियो।
प्रमाण तथा लगत संकलन पश्चात् तयार गरिएको पीडित परिचयपत्र बर्दिया जिल्लाको सदरमुकाम गुलेरिया स्थित माननीय परराष्ट्र मन्त्री प्रदिमकुमार ज्ञवालीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि माननीय मन्त्रीज्यूद्वारा बर्दिया जिल्लाका ६ जनाका बेपत्ता व्यक्तिका २१ जना परिवारका सदस्यलाई पीडित परिचयपत्र वितरण गरिएको थियो।
माननीय मन्त्रीज्यूबाट आयोगले गरेको कार्यलाई प्रशंसा गर्दै संक्रमणकालीन न्यायलाई यथा सक्य शिघ्र तार्किक निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो।उक्त कार्यक्रममा पीडित परिवारका सदस्य, स्थानीय निकायका प्रतिनिधिहरु, पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, मानव अधिकारकर्मी र सञ्चारकर्मी सहित करिव ११० जना व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।