बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस – अगष्ट ३० को सन्दर्भमा आयोगको कार्यक्रम सम्पन्न

माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री अजयकुमार चौरसियाज्यूको प्रमुख आतिथ्यता र आयोगका सचिव श्री लोकराज पराजुलीज्यूको अध्यक्षतामा संवत् २०८१ भाद्र १३ (२९ अगष्ट २०२४) गते सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्ति तथा उहाँहरुका पीडित परिवारजनप्रति सम्मान प्रकट गर्दै कार्यक्रम सम्पन्न भएको छ।