बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र ICRC का प्रतिनिधि बीच भेटघाट


मिति २०७६ माघ १७ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका नवनियुक्त पदाधिकारीहरु र ICRC का प्रतिनिधि बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ । उक्त भेटघाटको क्रममा आयोगका अध्यक्ष श्री युवराज सुवेदीज्यूले आयोगका गतिविधि र भावी कार्ययोजनाका सम्बन्धमा प्रकाश पार्दै संविधान, ऐन, नियम, अन्तर्राष्ट्रिय मानव अधिकार र मानविय कानुनलाई आत्मसाथ गर्दै तटष्ठता, पारदर्शिता अवलम्बन गर्दै ICRC जस्ता संस्थाहरूसँग सहकार्य गरी कार्य गर्न दृढ रहेको बताउनु भएको थियो भने ICRC का नेपाल स्थित Head of Mission Jerome Imstepf ले आफ्नो आचार संहितामा रहेर जुनसुकै बेला पनि सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।सो अवसरमा आयोगका सचिव श्री कृष्णजीवी घिमिरेको पनि उपस्थिति रहेको थियो ।