भैरवनाथ गणको निरीक्षण तथा अवलोकन।

भैरवनाथ गणको निरीक्षण तथा अवलोकन।


2020-02-23

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा परेका उजुरीहरुको आधारमा २०७६ फाल्गुण ११ गते आयोगले नेपाली सेनाको भैरवनाथ गण र शिवपुरी क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।

आयोगको टोलीले सशस्त्र द्धन्द्धकाल (२०५२ फाल्गुण १ देखि २०६३ मंसीर ५ सम्म)मा बन्दीहरु राखिएको भनिएका भैरवनाथ गण भित्रका बिभिन्न स्थलहरुको निरीक्षण गर्नुका साथै द्धन्द्धकालीन कतिपय घटनासंग जोडिदै आएको शिवपुरी क्षेत्रको पनि अवलोकन तथा निरीक्षण गरेको छ। टोलीमा आयोगका अध्यक्ष श्री युवराज सुवेदी, सदस्यहरु श्री बिश्वप्रकाश भण्डारी, डा. गंगाधर अधिकारी, श्री सुनिल रंजन सिंह, श्री सरिता थापा र आयोगका सचिव श्री कृष्णजीवी घिमिरेको सहभागिता रहेको थियो।