माननीय महान्यायाधिवक्ताज्यूसँग छलफल


मिति २०७३/०५/२१

यस आयोगमा आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकको अध्यक्षतामा र माननीय महान्यायाधिवक्ता श्री रमण कुमार श्रेष्ठको समुपस्थितिमा बेपत्ता पारिएका व्यक्तिको छानविन प्रकृयाका सम्बन्धमा छलफल गरियो । सो अवसरमा प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानून) श्री कमलशाली घिमिरे, कानून न्याय तथा संसदिय मामिला मन्त्रालयका सचिव श्री टेक प्रसाद ढुङ्गाना, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्री मणिराम ओझा र यस आयोगका पदाधिकारीहरु तथा सचिव श्री महेश शर्मा पौडेल समेतको उपस्थिति रहेको थियो ।