मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना

नेपाल सरकार
बेपत्ता पारिएका व्यक्तिको छानवनि आयोग
पुल्चोक, ललिपतुर
मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना

(प्रकाशित मितिः २०७८/०४/१८)

यस आयोगको लागि आ.व. २०७८/७९ मा आवश्यक पर्ने निम्नानुसार मालसमान, मर्मत कार्य, परामर्श तथा अन्य सेवा उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त दर्तावाल व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ अनुसार मौजुदा सूची (Standing List)म दर्ता वा अद्यावधिकको लागि सोही नियमावलीको अनुसूची -२(क) बमोजिमको ढाँचामा निवेदन पेश गर्न यस आयोगको सूचना पार्टीमा सूचना टाँस गरिसकिएको छ। सो अनुसार यस आयोगमा आर्थिक बर्ष २०७८/७९ का लागि मौजुदा सूचीमा सूचीकृत हुन ईच्छुक आपुर्तिकर्ता, परामर्शदाता तथा सेवा प्रदायकहरुले निम्न लिखित कागजातहरु सहित आयोगमा निवेदन दिनु हुन सुचित गरिन्छ ।

  • मालसामान खरिद तथा आपूर्ति तर्फः
        • मसलन्द तथा कार्यालय सामानहरु
        • छपाई सम्बन्धि कार्यहरु
        • विद्युतिय सामग्रिहरु
        • फर्निचर तथा फर्निशिङ्ग
        • मिनरल वाटर (शुद्ध पिउने पानि जार र बोतलमा)
        • पत्रपत्रिकाहरुको आर्पुर्ति
        • विभिन्न ब्राण्डका हलुका सवारी साधनहरुको स्पेयर पार्टपुर्जाहरु
        • फोटोकपी प्रिन्टर, कम्प्युटर, फ्याक्स, मेसिन, टोनर, मसी यु.पि.एस. क्यामरा तथा अन्य ईलेक्ट्रोनिक मेसिन तथा पार्ट पुर्जाहरुको वितरण
        • फोटोकपी तथा प्रिन्टरका टोनर काटेज
        • सरसफाई सम्बन्धी सामानहरु
        • आयोगलाई आवश्यक पर्ने अन्य सबै प्रकारका सामाग्रिहरु
  • मर्मत तर्फः
      • फोटोकपी प्रिन्टर, कम्प्युटर, फ्याक्स, मेसिन, यु. पि. एस जस्ता मेशिनरी मर्मत तथा नेटवर्किङ्ग
      • पंखा, कुलर, एसी, टेलिफोन तथा सि सि टि भि क्यामरा मर्मत सेवा
      • विभिन्न सवारी साधन मर्मत सेवा
      • मोटरसाईल तथा स्कुटर एवं साईकिलहरु
      • दराज, कुर्सि टेवल झ्याल ढोका एवं फर्निचर सम्बन्धी सामानहरु
      • भवन भित्र साना तिना पार्टेशनका कार्यहरु
      • वेभसाईट तथा सफ्टवेर डिजाईन निर्माण मर्मत सेवा
  • परामर्श सेवाः अध्ययन, अनुसन्धानमुलक कार्य
  • अन्य सेवा तर्फः
      • विज्ञापन/सूचना प्रकाशन सम्बन्धी
      • चिठ्ठी पत्र तथा पार्सल डेलिभरी (कार्गो र कुरियर) तथा हवाई टिकट सम्बन्धी
      • खाजा एवं जलपान, चिया नास्ता सम्बन्धी सेवा
      • सवारी साधान भाडामा दिने सम्बन्धी
      • आयोगलाई आवश्यक पर्ने अन्य सबै प्रकारका सेवाहरु

निवेदनसाथ पेश गर्नुपर्ने कागजातहरुः

      • संस्था/फर्म दर्ता र व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि,
      • भ्याट र प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि,
      • आ.व. २०७६/७७ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,
      • सूचिकृत हुन चाहेको समूहको कार्य सम्पादन गर्न योग्य र समक्ष रहेको व्यहोरा खुल्ने कागजात वा प्रमाण ।