मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना

नेपाल सरकार

बेपत्ता पारिएका व्यक्तिको छानवनि आयोग

पुल्चोक, ललिपतुर

मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना

(प्रकाशित मितिः २०७७/०४/१४)

यस आयोगको लागि आ.व. २०७७/७८ मा आवश्यक पर्ने निम्नानुसार समान तथा सेवा उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त दर्तावाल व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ अनुसार मौजुदा सूची (Standing List) दर्ताको लागि सोही नियमावलीको अनुसूची -२(क) बमोजिमको ढाँचामा यस आयोगमा निवेदन दर्ता गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ। आफुले दर्ता गर्न चाहेको कार्यको लागि विषयगत छुट्टाछुट्टै निवेदन दर्ता गराउनु पर्नेछ। रीत नपुगी आएका निवेदनलाई मान्यता दिइने छैन। प्राप्त दरखास्तहरु सूचिकृत गर्ने वा नगर्ने अधिकार आयोगमा सुरक्षित रहने छ।

  • मालसामान खरिद तथा आपूर्ति तर्फः
    1. मसलन्द तथा कार्यालय सामानहरु
    2. छपाई सम्बन्धि कार्यहरु
    3. विद्युतिय सामग्रिहरु
    4. फर्निचर तथा फर्निशिङ्ग
    5. मिनरल वाटर (शुद्ध पिउने पानि जार र बोतलमा)
    6. पत्रपत्रिकाहरुको आर्पुर्ति
    7. विभिन्न ब्राण्डका हलुका सवारी साधनहरुको स्पेयर पार्टपुर्जाहरु
    8. फोटोकपी प्रिन्टर, कम्प्युटर, फ्याक्स, मेसिन, टोनर, मसी यु.पि.एस. क्यामरा तथा अन्य ईलेक्ट्रोनिक मेसिन तथा पार्ट पुर्जाहरुको वितरण
    9. फोटोकपी तथा प्रिन्टरका टोनर काटेज
    10. सरसफाई सम्बन्धी सामानहरु
    11. आयोगलाई आवश्यक पर्ने अन्य सबै प्रकारका सामाग्रिहरु
  • मर्मत तर्फः
    1. फोटोकपी प्रिन्टर, कम्प्युटर, फ्याक्स, मेसिन, यु पि एस जस्ता मेशिनरी मर्मत तथा नेटवर्किङ्ग
    2. पंखा, कुलर, एसी, टेलिफोन तथा सि सि टि भि क्यामरा मर्मत सेवा
    3. विभिन्न सवारी साधन मर्मत सेवा
    4. मोटरसाईल तथा स्कुटर एवं साईकिलहरु
    5. दराज, कुर्सि टेवल झ्याल ढोका एवं फर्निचर सम्बन्धी सामानहरु
    6. भवन भित्र साना तिना पार्टेशनका कार्यहरु
    7. वेभसाईट तथा सफ्टवेर डिजाईन निर्माण मर्मत सेवा
  • परामर्श तथा अन्य सेवा तर्फः
    1. विज्ञापन/सूचना प्रकाशन सम्बन्धी
    2. चिठ्ठी पत्र तथा पार्सल डेलिभरी (कार्गो र कुरियर) तथा हवाई टिकट सम्बन्धी
    3. खाजा एवं जलपान, चिया नास्ता सम्बन्धी सेवा
    4. सवारी साधान भाडामा दिने सम्बन्धी
    5. आयोगलाई आवश्यक पर्ने अन्य सबै प्रकारका सेवाहरु

निवेदनसाथ पेश गर्नुपर्ने कागजातहरुः

    1. संस्था दर्ता र नवीकरण भएको प्रमाणपत्रको छायाँप्रति
    2. स्थायी लेखा नम्बर प्रमाण पत्रको छायाँप्रति
    3. मू.अ.कर दर्ताको प्रमाण पत्रको छायाँप्रति (मू.अ करमा दर्ता हुनेको हकमा मात्र)
    4. आर्थिक वर्ष २०७५/७६ को कर चुक्ता प्रमाणपत्रको छायाँप्रति
    5. प्रचलित कानून बमोजिम अयोग्य नभएको वा कालोसूचीमा नपरेको व्यहोरा खुलाइएको स्वयं घोषणा निवेदन
    6. व्यवसायिक इजात पत्रको छाँयाप्रति

सूचनाको PDF Version Download  डाउनलोड गर्नुहोस्

मौजुदा सूचीमा दर्ता हुनका लागि दिइने निवेदनको ढाँचा डाउलोड गर्नुहोस्