राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरुसँगको छलफल कार्यक्रम सम्पन्न

मिति २०७९ भाद्र २७ गते राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्यहरु प्रा.डा.श्री सुर्यप्रसाद शर्मा ढुंगेल र श्री मनोज शर्मा दवाडी समेतका पदाधिकारीहरुले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अवलोकन गर्नु भयो । सो क्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिवालय र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरु बीच आयोगबाट हालसम्म भएका छानविनका काम कारवाही एवं सचिवालयले गरिरहेको कार्यहरुको विषयमा छलफल सम्पन्न भयो । सो क्रममा आयोगमा रहेका मिसिलको व्यवस्थापन एवं राष्ट्रिय मानव अधिकार आयोगसँगको समन्वयका बारेमा समेत छलफल भएको थियो ।

 

Descripción no disponible.