लुम्विनी प्रदेशका माननीय मुख्यमन्त्री र आयोगका प्रवक्ता डा.अधिकारीबीच भेटघाट सम्पन्न

लुम्विनी प्रदेशका माननीय मुख्यमन्त्री श्री कुल प्रसाद के.सी. तथा आन्तरिक मामिला तथा संचार मन्त्री श्री तिलकराम शर्माज्यूसंग आयोगका सदस्य एवं प्रवक्ता डा. श्री गंगाधर अधिकारीबीच लुम्विनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मिति २०७८ साल पौष ५ मा भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटका क्रममा आयोगका सदस्य एवं प्रवक्ता डा. अधिकारीज्यूले आयोगले वेपत्ता पीडितका सम्वन्धमा सम्पादन गरिराखेका कामकारबाहीहरु एवम् आयोगबाट नेपाल सरकारलाई वेपत्ता पीडितको राहत तथा सुविधाका सन्दर्भमा गरेका विभिन्न किसिमका सिफारिसहरुका विषयमा समेत जानकारी गराउनुका साथै प्रदेश सरकारले द्वन्द्व पीडितलाई सम्वोधन गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्न अनुरोध गर्नु भएको थियो । यसै क्रममा वहाँले हाल आयोगले वेपत्ता परिवारजनलाई परिचयपत्र वितरणमा तिव्रता दिई पीडितको पहिचानमा उल्लेखनीय प्रगति हासिल गरेको समेत अवगत गराउनु भएको थियो । भेटघाटमा माननीय मन्त्री श्री तिलकराम शर्माज्यूले बेपत्ता तथा द्वन्द्व पीडित व्यवस्थापनको लागि प्रदेश सरकारबाट बेपत्ता तथा द्वन्द्व पीडित व्यवस्थापन ऐनको तर्जुमा हुन लागेको एवम् प्रदेश प्रहरी लगायत विभिन्न सरकारी निकायमा वेपत्ता तथा द्वन्द्व पीडितको लागि आरक्षणको विषयमा बहस भइरहेको बारेमा जानकारी गराउनुभएको थियो । भेटमा माननीय मुख्यमन्त्री श्री कुल प्रसाद के.सी.ज्युले आयोगले परिचयपत्र वितरण गरी पीडित पहिचानमा गरेको कामको उच्च प्रशंसा गर्दै यसमा तीव्रता दिन अनुरोध गर्दै अवको प्रदेश सरकारको कर्यक्रममा सोहि परिचयपत्रको आधारमा वेपत्ता तथा द्वन्द्व पीडितहरुको लागि निशुल्क स्वास्थ्य विमाको कार्यक्रम लगायत अन्य सुविधाहरुको व्यवस्थापन गरेर द्वन्द्व पीडितहरुलाई सुविधा प्रदान गर्ने दिशामा प्रदेश सरकार अगाडि बढ्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभएको थियो