विज्ञ/विशेषज्ञ सूचिकृत हुने सम्बन्धी सूचना


 

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग

पुल्चोक, ललितपुर

विज्ञ/विशेषज्ञ सूचिकृत हुने सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः 2076/10/29

 यस आयोगका लागि आवश्यक पर्ने अनुसन्धान विज्ञ/विशेषज्ञ एवं मनोसामाजिक परामर्शकर्ताको लागि मानव अधिकारको गम्भिर उल्लङ्घनको घटनामा संलग्न रहेको भनि राष्ट्रिय मानव अधिकार आयोग वा International Committee of the Red Cross (ICRC) को अभिलेखमा नाम नपरेको तथा कानून बमोजिम अयोग्य नठहरिएका देहायको योग्यता भएका नेपाली नागरिक वा कानून बमोजिम दर्ता भएका संस्थाहरुले योग्यता पुगेको प्रमाणित हुने कागजात संलग्न गरि यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस आयोगमा सुचिकृत हुनको लागि निवेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।

क. अनुसन्धान विज्ञ/विशेषज्ञको लागि बाञ्छनीय योग्यताः

१. नेपाल सरकार, न्याय सेवाको राजपत्रांङ्कित विशिष्ट श्रेणी वा उच्च अदालतको न्यायाधीश वा सो सरह वा नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा जिल्ला न्यायाधीश वा सो सरहको पदबाट सेवा निवृत्त भएको व्यक्ति वा,

२. नेपाल न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा सेवा गरी सेवा निवृत्त भएको व्यक्ति वा,

३. नेपाल सरकारको सेवामा कम्तीमा १० (दश) बर्ष तथा नेपाल न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको पदमा कम्तीमा 3 (तीन) बर्ष सेवा गरी सेवा निवृत्त भएको व्यक्ति वा,

४. संक्रमणकालिन न्याय वा मानव अधिकार कानून वा अन्तर्राष्ट्रिय मानवीय कानून वा फौजदारी कानूनमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र अधिवक्ताको रुपमा निरन्तर कम्तीमा 15 (पन्ध्र) वर्ष वकालत गरेको व्यक्ति वा,

५. कानूनमा स्नातक गरी कानूनको अध्ययन, अन्वेषण वा कानून वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा १० (दश) वर्ष काम गरेको व्यक्ति वा,

६. कानूनमा स्नातक गरी अधिवक्ताको रुपमा निरन्तर ७ (सात) बर्ष वकालत गरेको व्यक्ति वा,

७. कानून बमोजिम दर्ता/नविकरण भई विभिन्न सरकारी निकाय वा गैरसरकारी संस्था र महासंघमा आवद्ध रही संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयमा कम्तिमा ६ (छ) बर्षको सेवा अनुभव प्राप्त गरेका संस्था ।

ख. मनोसामाजिक परामर्शकर्ताको लागि बाञ्छनीय योग्यताः

१. मनोविज्ञान/मनोसामाजिक परामर्शमा स्नातकोत्तर गरी तीन बर्षको कार्य अनुभव प्राप्त व्यक्ति वा,

२. मनोविज्ञान/मनोसामाजिक परामर्शमा स्नातक गरी पाँच बर्षको कार्य अनुभव प्राप्त व्यक्ति ।

 

नोटः माथी उल्लेखित योग्यता बमोजिम सूचिकृत हुन निवेदन दिनुहुने व्यक्ति र संस्थाहरुले तोकिएको समय भित्र आयोगको ईमेल ciedpnepal@gmail.com मा समेत निवेदन र संलग्न कागजातहरु पठाइ सूचिकृत हुन सक्नुहुनेछ । यसरी ईमेलमा पठाइएका निवेदनको सक्कल प्रति र संलग्न कागजातहरुको प्रमाणित प्रति अविलम्ब ललितपुर पुल्चोकस्थित आयोगमा स्वयम् उपस्थित भई बुझाउनु हुन वा हुलाक मार्फत समेत पठाउनु हुन अनुरोध छ ।