शव उत्खननसम्बन्धी कार्यशाला सम्पन्न

The gallery was not found!

बेपत्ता पारिएका व्यक्त्तिको छानविन आयोगद्धारा व्यक्त्ति बेपत्ता पारिएका सम्बन्धमा सत्य तथ्य पत्ता लगाउने क्रममा गर्नु पर्ने शव उत्खनन कार्य गर्न आयोगका कर्मचारी तथा विज्ञ चिकित्सकहरुको लागि शव उत्खनन् सम्बन्धी कार्यशाला मिति 2078।५।30 देखि 2078।५।31  सम्म आयोजना गरियो । उक्त कार्यशालामा आयोगका पदाधिकारीहरु, सचिव, सहसचिव, अनुसन्धान विज्ञ,  विधि विज्ञान समन्वय समितिका विज्ञ चिकित्सकहरु,  राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको विज्ञ तथा प्रावधिक, नेपाल प्रहरी प्रयोगशालाको विज्ञ तथा प्रावधिक तथा आयोगका कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो कार्यशालामा शव उत्खनन् सम्बन्धी विषयमा आयोगको फरेन्सिक विज्ञ डा. श्री रिजन श्रेष्ठले सहभागीहरुलाई सहजीकरण गर्नु भएको थियो ।कार्यशालाको पहिलो दिनमा सहभागीहरुलाई 1/1 जना फरेन्सिक विज्ञको नेतृत्वमा 3 वटा टोलीमा विभाजन गरी तीन वटा शंकास्पद ठाउँ दिइएको थियो। प्रत्येक टोलीले दिइएको जिम्मेवारी अनुसार शंकास्पद ठाउँको पहिचान गरी डेमो शव उत्खनन् गरिएको थियो ।

कार्यशालाको दोस्रो दिनमा प्रत्येक टोलीले डेमो शव उत्खननमा अपनाईएका प्रक्रिया, भेटिएका प्रमाण, अवशेषहरुको व्यवस्थापन एवं शव उत्खननको क्रममा आउन सक्ने समस्या र गर्नु पर्ने पुर्व तयारीका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यशालाको अन्त्यमा आयोगका अध्यक्षले यस किसिमको कार्यशालाले आयोगले आगामी दिनमा गर्ने शव उत्खनन् कार्यमा सहयोग पुग्ने बताउनु भयो । सो क्रममा उहाँले व्यस्त समयको बावजुद पनि कार्यशालामा सहभागी हुनु भएका सम्पूर्ण विज्ञ चिकित्सक तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।