शव उत्खनन्, एन्टीमोर्टम तथ्याङ्क, डी.एन.ए. नमूना संकलन र प्रोफाइलिङ्ग तथा शव परीक्षण सम्बन्धी कार्य संचालन कार्यविधिहरु सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

 

 

बेपत्ता पारिएका व्यक्त्तिको छानविन  आयोगले मिति २०७८।०३।२८ गते सोमबार ललितपुरमा शव उत्खनन् सम्बन्धी कार्यविधि, २०७८, एन्टीमोर्टम तथ्याङ्क सम्बन्धी कार्यविधि, २०७८,  डी.एन.ए. नमूना संकलन र प्रोफाइलिङ्ग सम्बन्धी कार्यविधि  र शव परिक्षण सम्बन्धी कार्य संचालन कार्यविधि , २०७८ को मस्यौदाउपर छलफल गर्न  कार्यशाला गोष्ठीको आयोजना गरियो । उक्त कार्यक्रमको  अध्यक्षता आयोगका अध्यक्ष श्री युवराज सुवेदीले गर्नुभएको थियो । उक्त गोष्ठीमा आयोगका सदस्यहरु, कर्मचारीहरु तथा विधि विज्ञान समितिका विज्ञ  चिकित्सकहरु,  पुरातत्व विज्ञ र पीडित र पीडित आबद्ध संघसंस्थाका प्रतिनिधीहरुको  उपस्थिति रहेको थियो ।उक्त गोष्ठीमा उल्लेखित कार्यविधिहरुको मस्यौदाउपर दफावार छलफल गरिएको थियो।