शव उत्खनन् एवं DNA परीक्षण सम्बन्धी विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न


मिति २०७६ माघ २४ मा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सभाहलमा शव उत्खनन् र DNA परीक्षण सम्बन्धमा विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रम आयोगका अध्यक्ष श्री युवराज सुवेदीज्यू, सदस्य श्री विश्वप्रकाश भण्डारीज्यू श्री डा. गंगाधर अधिकारीज्यू, श्री सुनिल रंजन सिंहज्यू, श्री सरिता थापाज्यू, सचिव श्री कृष्णजीवी घिमिरेज्यू, सह-सचिवज्यू लगायत सम्पूर्ण कर्मचारीको उपस्थितिमा सम्पन्न भयो। उक्त कार्यक्रममा विधिविज्ञान विभाग, चिकित्सा शास्त्र अध्ययन संस्थानका चिफ कन्सल्टेन्ट डा. श्री हरिहर वस्तीज्यूवाट शव उत्खनन् र परीक्षण पद्धती सम्बन्धी कार्यपत्र तथा व्यक्ति बेपत्ता हुन अघिको एन्टीमोर्टम तथ्याङ्क फाराम विश्लेषण सम्बन्धी पद्धति र ढाँचा, शव गाडेको स्थानको पहिचान, शव उत्खनन्, DNA परिक्षण र प्रमाणिकरण सम्बन्धी कार्यपत्र प्रस्तुतीकरण भयो। सो कार्यक्रममा नेपाली सेनाका फरेन्सिक विज्ञ प्रा.डा. श्री प्रमोद कुमार श्रेष्ठ, राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक श्री जिवन प्रसाद रिजाल, केन्द्रिय प्रहरी विधिविज्ञान प्रयोगशालाका प्रहरी नायब उपरीक्षक राकेश कुमार सिंह, पुरातत्वविद् श्री उद्धव आचार्य, विधिविज्ञान प्रयोगशालाका श्री दिनेश कुमार झा, POMF/IOM का डा. श्री मणि महर्जन, फरेन्सिक विज्ञ डा. श्री जेनश आर्चाय, टिचिङ्ग अस्पतालका फरेन्सिक विज्ञ प्रा. डा.श्री तुलसी कडेल, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत श्री रेगम महर्जनले कार्यक्रम उपर धारणा राख्दै सुझाव समेत दिनुभयो। सो अवसरमा आयोगका सचिवज्यूले शव उत्खनन् र DNA सम्बन्धी प्राविधिक समिति पुर्नगठन गरी यस कार्यलाई अगाडी बढाउने तयारी गरिरहेको बताउनु भयो। आयोगका अध्यक्षज्यूले बेपत्ता व्यक्ति पहिचान गर्ने महत्वपूर्ण माध्यमको रुपमा रहेको शव उत्खनन् र DNA परिक्षणको सम्बन्धमा विज्ञ एवं सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यक्रममा उपस्थितिको लागि धन्यवाद ज्ञापन समेत गर्नुभयो।