शान्ति तथा पुनर्निर्माण मन्त्रीद्वारा आयोगको अवलोकन भ्रमण


काठमाडौं माघ ४ गते । माननीय शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले यस बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको कार्यालय भवनको अवलोकन भ्रमण गर्नु भयो । सो अवसरमा मन्त्री ढकालले आयोगको काम कारवाही बारे जिज्ञाशा राख्नु भएको थियो ।

सो अवसरमा अध्यक्ष लोकेन्द्र मल्लिकले माननीय मन्त्रीज्यूलाई आयोगको कार्यालयमा स्वागत गर्दै आयोगलाई आवश्यक स्रोत साधन र जनशक्ति उपलब्ध गराउनेदेखि लिएर नियमावली यथाशिघ्र पारित गर्न मन्त्रिज्यूको पहल आवश्यक रहेको कुरा बताउनु भएको थियो । छलफलको क्रममा आयोगका सदस्यहरु विजुल वि.क. दुलाल र प्रा.डा. विष्णु पाठकले आयोगलाई परेका अप्ठ्याराहरु बारे प्रकाश पार्दै नियमावली समयमा पारित नभएको‚ आयोगलाई आवश्यक जनशक्ति उपलब्ध नभएको तथा आवश्यक बजेट उपलब्ध नभएको कुरा औल्याउनु भएको थियो । आयोगका सदस्यहरु नरकुमारी गुरुङ्ग र आई बहादुर गुरुङ्ग समेत सहभागी हनुभएको उक्त छलफल कार्यक्रममा आयोगका सचिव महेश शर्मा पौडेलले आयोगले हालसम्म आयोगले सम्पादन गरेको कार्यहरु र भावी योजनाबारे जानकारी प्रस्तुत गर्नुभएको थियो ।

आयोगका पदाधिकारीहरुले छलफलको क्रममा उठाउनु भएको प्रसंगलाई संबोधन गर्दै मन्त्री ढकालले आफू आयोगका पदाधिकारीहरु तथा कार्यरत कर्मचारीहरुको हौसला बढाउने उद्देश्यका साथ यस आयोगको अवलोकन भ्रमणमा आएको बताउनु हुंदै यस आयोगको जिम्मेवारीसँग समग्र शान्ति प्रक्रिया र राष्ट्रको गरिमा जोडीएको हुनाले आयोगलाई आवश्यक जनशक्ति र बजेट उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नियमावली fast track मार्फत तुरुन्त पारित गर्न आफुले जोड दिदै आएको र सो कार्य अन्तिम चरणमा पुगेको समेत उल्लेख गर्नु भयो । आयोगले गरको काम कारवाही आगामी दिनमा अन्य मुलुकहरुका लागि पनि महत्वपूर्ण सन्दर्भ सामाग्री हुने हुनाले अन्तर्रािष्ट्रय स्तरबाट समेत मान्यता प्राप्त हुने गरी व्यवस्थित रुपमा कार्य सम्पादन गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । सो छलफल कार्यक्रममा आयोगका सहसचिव कुमुदप्रसाद शर्मा, शाखा अधिकृत परमानन्द घिमिरे, लेखा अधिकृत हरिनारायण राजभण्डारी र शाखा अधिकृत गोविन्द प्रसाद हुमागाई समेत सहभागी हुनुभएको थियो ।