“संक्रमणकालीन न्याय र आयोगको प्रभावकारिता” विषयक अन्तरक्रिया कार्यक्रम

दुवै आयोग बीचको आपसी समन्वय र कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगद्वारा “संक्रमणकालीन न्याय र आयोगको प्रभावकारिता” विषयक अन्तरक्रिया कार्यक्रम मिति २०७६/०२/२० र २१ मा सम्पन्न भयो ।
उक्त कार्यक्रममा तीनवटा कार्यपत्र प्रस्तुति भएको थियो । जस मध्ये बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको कामकारबाहीका सम्बन्धमा आयोगका सहसचिव श्री ईश्वरी प्रसाद ढकालज्यूबाट कार्यपत्र प्रस्तुत भएको थियो। सचिव श्री कृष्णजीवी घिमिरेज्यूबाट दुवै आयोगका कामकारवाहीमा देखिएका समस्या र चुनौती तथा समन्वय र सहकार्य क्षेत्रहरू विषयमा कार्यपत्र प्रस्तुतीकरण भएको र  संक्रमणकालीन न्यायमा अपराधिक दायित्वको विषयमा द्वन्द्व विश्लेषक श्री शोभाकर बुढाथोकीबाट कार्यपत्र  प्रस्तुतिकरण भयो।
कार्यक्रम बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव श्री कृष्णजीवी घिमिरेज्यू र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्री ऋषि राजभण्डारीज्यूको समुपस्थितिमा दुवै आयोगका अधिकृत एवं सहायक कर्मचारी सहित ४९ जनाको सहभागितामा सञ्चालन भएको थियो। कार्यक्रममा दुवै आयोगका श्रीमान् सचिवज्यूहरूले आगामी दिनमा आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउन समन्वयात्मक रूपमा अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो। कार्यक्रमको संचालन बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका उप-सचिव श्री निराजन घिमिरेबाट भएको थियो।