“संक्रमणकालीन न्याय र त्यसका विषयवस्तुहरु” (Transitional Justice and it’s Components) विषयक कार्यशाला सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको आयोजना र Nepal Peace Building Initiatives को सहकार्यमा संक्रमणकालीन न्यायको अवधारणागत पक्ष एवम् सोसँग सम्बन्धित विषयवस्तुको बारेमा छलफल गर्न मिति 2079/04/16 र 17 गते Transitional Justice and it’s Components विषयक कार्यशाला सञ्चालन गरियो।

उक्त कार्यशालामा श्रोत व्यक्तिको रुपमा पूर्व सम्मानीय प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठ, पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री गोविन्द प्रसाद शर्मा बन्दी, राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य प्रा.डा. श्री सूर्यप्रसाद शर्मा ढुंगेल तथा काठमाण्डौ विश्वविद्यालय स्कुल अफ ल का डीन प्रा. डा. श्री ऋषिकेश वाग्ले रहनु भएको थियो। उक्त कार्यशालामा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका कर्मचारीहरुका साथै राष्ट्रिय मानव अधिकार आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोगका उच्च तहका कर्मचारीहरु र Nepal Peace Building Initiatives का प्रतिनिधिको उपस्थिति रहेको थियो।

आयोगको तर्फबाट सचिव श्री श्यामकुमार भट्टराईले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो भने Nepal Peace Building Initiatives का कार्यकारी निर्देशक श्री सोविन्द्र बोगटीले आफ्नो संस्थाको परिचय र शान्ति प्रक्रियमा पुर्याएको योगदानको बारेमा जानकारी दिनु भएको थियो ।

कार्यशालाको पहिलो दिनमा Global Practices of TJ: Lessons Nepal Can Learn From विषयमा प्रा.डा. श्री सूर्य प्रसाद शर्मा ढुंगेलले र Challenges in Prioritizing and Sequencing Transitional Justice Measures and Coordination with Multiple Mechanisms विषयकमा प्रा. डा. श्री ऋषिकेश वाग्लेले प्रस्तुति दिनुभएको थियो। Challenges in Today’s Transitional Justice Processes विषयकमा पूर्व कानून मन्त्री श्री गोविन्द प्रसाद शर्मा बन्दी र Transitional Justice in Nepal: Issues, Problems and Opportunities विषयकमा पूर्व प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठले प्रस्तुति दिनुभएको थियो।

कार्यशालाको दोश्रो दिनमा संसदमा पेश भएको बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधनका विषयमा छलफल भएको थियो । सो सत्रमा पूर्व कानून मन्त्री श्री गोविन्द प्रसाद शर्मा बन्दीले संशोधनको आवश्यकता र ‍औचित्यका बारेमा जानकारी गराउनु भएको थियो । सो दिनको अर्को सत्रमा राष्ट्रिय मानव अधिकार आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रतिनिधिहरुले आआफ्नो आयोगका काम कारवाही र कार्याअनुभवका बारेमा छलफल गर्नुभएको थियो। उक्त कार्यशालामा सहभागी कर्मचारीहरुबीच संक्रमणकालीन न्याय र भावी कार्यदिशा बारेमासमेत छलफल र विचार विमर्श भएको थियो। गोकर्ण रिसोर्ट दक्षिणढोकामा सो कार्यक्रम सम्पन्न भएको थियो ।