संक्रमणकालीन न्याय सम्बन्धी बिषयमा आयोग र नेपाल ल क्याम्पसका विद्यार्थीहरु बीच छलफल कार्यक्रम सम्पन्न

मिति २०७९ भाद्र २१ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र नेपाल ल क्याम्पसका बिद्यार्थीहरु बीच आयोगको सभाहलमा संक्रमणकालीन न्याय सम्बन्धी बिषयमा छलफल  भयो। सो छलफलमा आयोगका उपसचिव श्री नवराज आचार्यले आयोगबाट हालसम्म भएको कामकारवाही  र आयोग सम्बन्धी ऐन संशोधन विधेयकमा समावेश भएका विषयमा प्रकाश पार्नु भएको थियो। सो क्रममा नेपाल ल क्याम्पसका उपप्राध्यापक श्री विष्णु बस्याल तथा विद्यार्थीहरुले राखेको जिज्ञासाहरुको सम्बोधन गर्दै आयोगका उपसचिव श्री कोमल पराजुलीले परिपूरण सम्बन्धी कानूनी व्यवस्था र प्रस्तावित परिपूरण सम्बन्धी कार्यविधिका विषयमा जानकारी दिनु भयो भने द्वन्द्व/बेपत्ता पीडित महिला र बालबालिकाका विषयमा सहसचिव श्री रोशनी कुमारी श्रेष्ठले प्रकाश पार्नु भयो। हाल संसदमा छलफलमा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को संशोधन विधेयकमा भएको सजाय कम गर्ने गरी अभियोजन गर्ने विषय र महान्यायाधिवक्ताको अधिकारका बारेमा उठेका जिज्ञासामा आयोगका सहसचिव श्री कृष्णप्रसाद पुडासैनीले प्रकाश पार्नु भयो। आयोगका सचिव श्री श्यामकुमार भट्टराईले संक्रमणकालीन न्यायको सन्दर्भमा हालसम्म भएका काम कारवाहीको बारेमा जानकारी गराउँदै  विद्यार्थीहरुबाट राखिएका समग्र जिज्ञासाहरुलाई सम्बोधन गर्नु भएको थियो ।