संक्रमणकालीन न्याय सम्बन्धी बिषयमा आयोग र नेपाल ल क्याम्पसका विद्यार्थीहरु बीच छलफल कार्यक्रम सम्पन्न

मिति २०७९ मंसिर २८ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र नेपाल ल क्याम्पसका स्नातकोत्तर तहका बिद्यार्थीहरु बीच संक्रमणकालीन न्याय सम्बन्धी बिषयमा छलफल भयो। सो कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सम्माननीय प्रधानमन्त्री समक्ष पेश गरेको पाँचौ अन्तरिम प्रतिवेदन, २०७९ को सारसंक्षेपका बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो। नेपाल ल क्याम्पसका उप प्राध्यापक श्री रुकमणी महर्जन समेतको उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा विद्यार्थीहरुले नेपालको संक्रमणकालीन न्याय प्रक्रियाका बारेमा विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाको सम्बन्धमा आयोगको छानबिन सम्बन्धी स्थलगत कार्यका बारेमा राखिएका जिज्ञासाहरु आयोगका अधिकृत स्तरका कर्मचारीहरुले प्रष्ट पार्नु भयो। नेपालको संक्रमणकालीन न्याय सम्बन्धमा आयोगले खेलेको भूमिका, आयोगका चुनौतीहरु र आगामी कार्यदिशा सम्बन्धमा प्रष्ट पार्नुको साथै विद्यार्थीहरुबाट राखिएका अन्य जिज्ञासाहरुलाई आयोगका सचिव श्री श्यामकुमार भट्टराईले सम्बोधन गर्नु भएको थियो।