सत्यको खोजि जर्नल अंक ५ का विषयमा लेखक तथा पुनरावलोकनकर्ताबीच अन्तरक्रिया कार्यक्रम

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले Nepal Peace Building Initiatives को सहकार्यमा सत्यको खोजि जर्नल अंक ५ का लेखक र पुनरावलोकन कर्ता बीच मिति २०७९/०९/११ गते अन्तरक्रिया कार्यक्रम संचालन गरियो। उक्त कार्यक्रममा लेखक तथा पुनरावलोकन कार्ताका रुपमा पूर्व महान्यायाधिवक्ता श्री राघव लाल बैद्य, संविधान सभा सदस्य श्री खिमलाल देवकोटा, मा.न्या.श्री टेकनारायण कुँवर, आई.सि.आर.सी. मिसन प्रमुख श्री सन्देश श्रेष्ठ, राष्ट्रिय न्यायिक प्रतिष्ठानका श्री केदार घिमिरे, राष्ट्रिय मानव अधिकार आयोगका डा.श्री टिकाराम पोखरेल, श्री नवराज सापकोटा, डा.श्री देवबहादुर बोहोरा, श्री कृष्ण चालिसे, श्री श्रीराम अधिकारी, श्री तेजमान श्रेष्ठ, श्री कुमुद प्रसाद शर्मा, Nepal Peace Building Initiatives का कार्यकारी निर्देशक श्री सोविन्द्र बोगटी लगायत आयोगका सत्यको खोजी जर्नल सम्पादन मण्डलका सदस्यहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा आयोगबाट प्रकाशित हुने सत्यको खोजी अंक ५ मा समेटिने लेख रचनाका विषयबस्तु केन्द्रित भई छलफल र बिचार विमर्श भएको थियो । होटल हिमालय ललितपुरमा सम्पन्न सो कार्यक्रम आयोगका सचिव श्री श्यामकुमार भट्टराईले सहजिकरण गर्नु भएको थियो।