सत्य निरुपण तथा मेल मिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको संयुक्त बैठक सम्पन्न ।


मिति २०७६।१०।१३ गते सोमबार बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीज्यूहरु बीच समन्वयात्मक बैठक सम्पन्न भयो । उक्त बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीज्यूहरुलाई बधाई तथा शुभकामना दिदै यस आयोगका सचिव श्री कृष्णजीवी घिमिरेज्यूले स्वागत गर्नु भयो। उक्त बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्षज्यूहरु श्री युवराज सुवेदी र श्री गणेशदत्त भट्टज्यूबाट सम्बोधन भयो । उक्त संयुक्त बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोका सचिव श्री ऋषि राजभण्डारीज्यूले समेत सम्बोधन गर्नु भयो ।