सशस्त्र द्वन्द्वका कारणहरु र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरु विषयक कार्यशाला सम्पन्न


बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका अन्तर्निहित कारण पत्ता लगाई भविष्यमा त्यस्ता घटना दोहोरिन नदिनका लागि संस्थागत सुधारको लागि आवश्यक सुझावहरु सहितको प्रतिवेदन तयार गर्ने सन्दर्भमा मिति 2079/3/6 गते “सशस्त्र द्वन्द्वका कारणहरु र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरु” विषयक कार्यशाला संचालन गर्‍यो। उक्त कार्यशालाको अध्यक्षता यस आयोगका अध्यक्ष श्री युवराज सुवेदीले गर्नु भएको थियो। उक्त कार्यशालामा संविधान सभाका सदस्यहरु श्री राधेश्याम अधिकारी, श्री खिमलाल देवकोटा, श्री सावित्री दुरा, श्री एकराज भण्डारी तथा प्रतिनिधि सभाका सदस्य मा. श्री प्रदिप ज्ञवाली, मा. श्री रेखा शर्मा, मा. श्री यशोदा सुवेदी, सुरक्षा विज्ञ श्री बालानन्द शर्माको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य श्री सुशिल प्याकुरेल, द्वन्द्वविद डा. विष्णु राज उप्रेती, ICRC को नियोग प्रमुख श्री सन्देश श्रेष्ठ, मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष श्री होमकान्त चौलागाई, राष्ट्रिय मानव अधिकार आयोगका का.मु. सचिव श्री मुरारी प्रसाद खरेल, पीडित परिवारजनका प्रतिनीधी, राजनैतिक व्यक्तित्व, सुरक्षा निकायको प्रतिनिधी, विज्ञहरु र आयोगका सदस्यहरु र कर्मचारीहरु लगायतका उपस्थिति रहेको थियो। आयोगका तर्फबाट सचिव श्री श्यामकुमार भट्टराइले उपस्थित सम्पूर्ण महानुभावहरुलाइ स्वागत गर्नुभएको थियो। काठमाडौं स्कूल अफ ल का प्राध्यापक श्री गीता पाठक संग्रौलाले सशस्त्र द्वन्द्वका कारणहरु र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनु पर्ने उपायहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सो कार्यपत्र उपर उपस्थित विशिष्ट व्यक्तिहरुले आ-आफनो धारणा, विचार राख्नु भएको थियो। अन्त्यमा आयोगका अध्यक्ष श्री युवराज सुवेदीले उपस्थित सम्पूर्ण सहभागीहरुलाइ आभार प्रकट गरी कार्यशालाको समापन गर्नुभयो।