सार्क क्षेत्रका मानव अधिकारकर्मीहरुसँग छलफल


यस आयोगले आफ्नो सभाहलमा सार्क क्षेत्रका मानव अधिकारकर्मीहरुसँग छलफल गरेको छ । आयोगका सदस्य श्री विजुल वि.क. दुलालको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा आयोगले हाल सम्म गरेका कार्यहरु तथा भावि दिनमा गर्ने कार्यहरुका बारेमा सो टोलीलाई जानकारी गराउनुका साथै टोलिमा सहभागि सदस्यहरुसँग संक्रमणकालिन न्यायका सम्बन्धमा भएका अनुभवहरु समेत आदान–प्रदान गरेको छ । छलपलमा श्रीलङ्का लगायतका देशमा सक्रमणकालिन न्यायका सम्बन्धमा भएका कार्यहरुवारे आयोगले जानकारी हासिल गरेको छ। सार्क क्षेत्रका मानव अधिकारका विषयमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरुको नेतृत्वमा गठित   South Asians for Human Rights (SAHR)का अध्यक्ष श्री हीना जिलानीको नेतृत्वमा आएको टोलिले दक्षिण एसियाली शान्ति मिसनको तेस्रो मिसन अन्तर्गत नेपाललाई छनौट गरेको छ । यस आयोगले गर्ने अनुसन्धानका सम्बन्धमा आयोगका सदस्य तथा प्रवक्ता प्रा.डा. विष्णु पाठकले जानकारी प्रस्तुत गर्नु भएको थियो । उक्त टोलीमा भुटान बाहेक सार्क राष्ट्रका १० जना मानव अधिकार कर्मीहरुको उपस्थिति रहेको थियो । सोही छलफलका क्रममा टोलीका सदस्यहरुले नेपालको सशस्त्र द्वन्द्वले महिलाहरुका शान्ति सुरक्षाका मामलामा के कस्तो प्रभाव पारेको छ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।