सुरक्षा निकायका प्रमुखहरुसँगको छलफल सम्पन्न

मिति २०७८ कार्तिक 8 गते बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरु र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु बीच आयोगबाट भईरहेको अनुसन्धानमा सहयोग र समन्वय गर्ने बिषयमा छलफल भयो । छलफलका क्रममा आयोगले गर्ने छानबिनको प्रक्रियामा सहयोग पुर्‍याउनका लागि आफुहरु प्रतिवद्ध रहेको कुरा उहाँहरुले व्यक्त गर्नु भयो । उक्त छलफल कार्यक्रममा आयोगका  अध्यक्ष श्री युवराज सुवेदी, सदस्यहरु श्री विश्वप्रकाश भण्डारी, श्री डा.गंगाधर अधिकारी, श्री सुनिल रंजन सिंह र सरिता थापा एवम् आयोगका सचिव श्री श्यामकुमार भट्टराई, सहसचिव श्री शिव हरि कोइराला र सहसचिव श्री कृष्ण प्रसाद पुडासैनीको सहभागिता रहेको थियो। उक्त छलफलमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक श्री शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक श्री गणेश प्रसाद अधिकारी समेत उपस्थित हुनुहुन्थ्यो।