सुर्खेतमा प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको आयोजनामा मिति २०७७।०८।१० गते बुधवारका दिन जिल्ला समन्वय समिति, सुर्खेतको सभा हलमा कर्णाली प्रदेशका मुख्य मन्त्री माननीय महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता तथा आयोगका अध्यक्ष श्री युवराज सुवेदीको अध्यक्षतामा  सुर्खेत जिल्लाका बेपत्ता पीडित तथा कर्णाली प्रदेश स्तरीय विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थितिमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छबिलाल सिग्देल, विरेन्द्रनगर नगरपालिकाका प्रमुख श्री देवकुमार सुवेदी, नेकपा सुर्खेतका सचिव श्री कृष्‍ण जिसी जितेन्द्र, नेपाली कांग्रेस सुर्खेतका सभापति श्री कमल रेग्मी तथा बेपत्ता पीडितहरूको उपस्थिती रहेको थियो। कार्यक्रममा उपस्थित सहभागीहरूले पीडितहरूलाई परिचयपत्र उपलब्ध गर्ने, परिपूरण उपलब्ध गर्ने तथा आयोगको काम कारबाही प्रभावकारी बनाउने विषयमा धारणा व्यक्त गर्नु भएको थियो। कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य डा. श्री गंगाधर अधिकारीबाट आयोगको कार्ययोजना र भाबी कार्य दिशा एवम् सचिव श्री कृष्‍णजीवी घिमिरेबाट आयोगले हाल सम्म सम्पन्न गरेको काम कारबाही सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।