स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले मिति २०७९/१०/१२ गते जिल्ला समन्वय समितिको कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकको सभाहलमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका प्रमुख श्री दिपक कुमार गौतम, बनेपा नगरपालिकाको उपप्रमुख श्री बिमला सापकोटा, पाँचखाल नगरपालिकाका उपप्रमुख श्री सुर्यमाया दनुवार, मण्डनदेउपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डा. श्री लोकबहादुर लोप्चन, न्यायिक समितिका सदस्य श्री राजकुमार माझी, धुलिखेल नगरपालिकाका अधिकृत श्री भोजकुमार ठकुरी, नमोबुद्व नगरपालिकाको प्रतिनिधि, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको कर्मचारी र आयोगको कर्मचारीहरुको उपस्थित रहेको थियो। सो कार्यक्रममा आयोगको हालसम्मको काम कारवाहीको बारेमा र स्थानीय निकायसँगको अपेक्षा विषयमा आयोगका उपसचिव श्री नवराज आचार्यले प्रस्तुति दिनुभएको थियो। उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्री दिपक कुमार गौतम लगायत विभन्न नगरपालिकाका उपप्रमुख तथा प्रतिनिधिहरुले बेपत्ता पीडित परिवारलाई प्राथमिकतामा राख्ने, नगरपालिकाको आगामी कार्यक्रमहरुमा पीडित परिवारलाई समेत समेट्ने प्रतिवद्वता जनाउनु भयो। कार्यक्रमको अन्तमा उपस्थित सबै सहभागिहरुलाई धन्यवाद दिई आयोगका सचिव श्री श्यामकुमार भट्टराईले कार्यक्रमको समापन गर्नुभएको थियो।