हलुका सवारी चालक तथा कार्यालय सहयोगीहरुका लागि अभिमूखीकरण तालिम सम्पन्न

 

 

मिति २०७८ कार्तिक २९ गते आयोगमा कार्यरत हलुका सवारी चालक तथा कार्यालय सहयोगीहरु गरी करिब २५ जना कर्मचारीहरुका लागि कार्यजिम्मेवारी, व्यावसायिकता, ईमान्दारिता, आचरण, अनुशासन र आचारसंहिता तथा आयोगमा कार्यरत रहँदा कर्मचारीहरुमा हुनुपर्ने संवेदनशीलता लगायतका विषयहरुमा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तालिम कार्यक्रममा उल्लेखित ३ वटा विषयक्षेत्रको अधीनमा रही सहभागीहरुलाई सम्वन्धित पदहरुको कार्यविवरण, कार्यालयको सम्पतिको सुरक्षा, आदेशको परिपालना, व्यावसायिकताको महत्व, सहायकस्तरका कर्मचारीमा हुनुपर्ने ईमान्दारिता तथा व्यावसायिकतासम्वन्धी गुणहरु, smartness, अनुशासन, असल आचरण, निजामती सेवा ऐन तथा नियमावलीको आचरण सम्वन्धी व्यवस्था, सरसफाई, ड्रेसकोड, ब्यावसायिक भाषाशैलीको प्रयोग, सम्मानजनक व्यवहार, Hospitality, पीडितमैत्री व्यवहार, सहानूभुति/समानूभूति, सेवाग्राहीप्रतिको सामान्य शिष्टाचार तथा First Response, आयोगको छानविन प्रक्रिया तथा परिचयपत्र वितरणसम्वन्धी सामान्य जानकारी,आयोगको संगठनात्मक संरचना तथा छानविन कार्यको गोपनीयता, मिसिलको सुरक्षा, महत्व तथा संवेदनशीलता लगायतका विषयमा प्रशिक्षण सम्पन्न भएको थियो । आयोगको बैठककक्षमा सम्पन्न यस कार्यक्रममा आयोगका अध्यक्ष ज्यूले उद्घाटन मन्तव्य प्रस्तुत गर्दै सहभागीहरुलाई उच्च मनोबलका साथ ईमान्दार भएर काम गर्नका लागि प्रस्तुत तालिम महत्वपुर्ण रहेकोले सक्रिय सहभागी हुन अनुरोध गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा सहभागीहरुसँग आयोगको प्रशासनले अन्तर्क्रिया समेत सम्पन्न गरेको थियो । कार्यक्रम उपलब्धीमुलक भएको हुँदा यस्ता खालका कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गर्न सहभागीहरुबाट अनुरोध भएको थियो । यस कार्यक्रमले कर्मचारीहरुमा कामप्रति थप जिम्मेवारी महशुस भइ आयोगमा कार्यरत सहायकस्तरका कर्मचारीमा कार्यदक्षता बढ्ने विश्वास आयोगले लिएको छ ।