१ नं. प्रदेशको सुनसरीमा सरोकारवालाहरुसँग सुझाव संकलन तथा छलफल कार्यक्रम सम्पन्न ।

 

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले १ नं. प्रदेशको सुनसरी जिल्लामा मिति २०७७ पौष ३ गते सशस्त्र द्वन्द्वका वेपत्ता पारिएका घटनाको छानविनसँग सम्वन्धित सरोकारवालाहरुसँग सुझाव संकलन तथा समन्वय छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमहरुमा जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, मानवअधिकारवादी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रमहरुमा आयोगका श्रीमान् सचिव कृष्णजीवी घिमिरेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै आयोगका गतिविधि एवम् भावी योजनाबारे जानकारी गराउनुभएको थियो भने कार्यक्रममा सहभागीहरुले वेपत्ताको स्थिति तुरुन्त सार्वजनिक गर्नुपर्ने, पीडितलाई राहत तथा परिपुरण प्रदान गर्नुपर्ने, परिचयपत्र प्रदान गर्नुपर्ने एवम् द्वन्द्वकालीन घटनाका पीडितहरुलाई छिटो भन्दा छिटो सम्वोधन गरिनुपर्ने लगायतका विषयवस्तुहरु गम्भीरतापुर्वक उठाएका थिए भने स्थानीय तहका जनप्रतिनिधिहरुले आफुहरु सहयोग गर्न तैयार रहेको वताउनुभएको थियो । कार्यक्रमको अन्त्यमा, आयोगका अध्यक्ष युवराज सुवेदीले सरोकारवालाहरुले उठाएका विषयवस्तुमाथि सम्बोधन गर्दै आयोग आफ्नो उद्देश्यमा दृढ रहेको वताउँदै सम्वद्ध सबै निकायसँग समन्वय गरी आफुहरु अगाडी वढ्न लागेको र आयोगका कामकारबाहीमा सहयोग गर्न स्थानीय सरकारलगायत सम्पुर्ण सरोकारवालाहरुलाई अनुरोध गर्नुभएको थियो ।