KI International का प्रतिनिधि, संयुक्त राज्य अमेरिका Department of Homeland Security का Interview विज्ञ Amy S Allan, र आयोगका कर्मचारीहरुवीच छलफल कार्यक्रम


 

 

मिति २०७४।११।०८ गते

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सभा हलमा आयोगका सदस्य श्री बिजुल वि.क. दुलालको अध्यक्षतामा KI International का प्रतिनिधि, संयुक्त राज्य अमेरिका Department of Homeland Security का Interview विज्ञ Amy S Allan, र आयोगका कर्मचारीहरुवीच छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विज्ञ Amy S Allan ले पीडितसँग अन्तर्वाता लिँदा संयुक्त राज्य अमेरिकामा अपनाइने FETI  पद्दती र उक्त पद्दतीको यस आयोगले पीडितसँग लिने अन्तर्वाताको सान्दर्भिकताबारे प्रवचन दिनुभयो। प्रवचन पश्चात  उक्त विषयमा सहभागीहरुविच छलफल समेत भयो।कार्यक्रममा यस आयोगका सदस्य प्रा.डा. श्री विष्णु पाठक, सचिव श्री कृष्णजीवी घिमिरे, सह–सचिव श्री भरतलाल शर्मा लगायत आयोगमा कार्यरत कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।