बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग

नेपाल

पैसा नलाग्ने फोन नम्बर: १६६०-०१-२२१११

In English

उद्देश्यहरु


मंसीर ५, २०६३ मा नेपाल सरकार र नेपाल कम्यूनिष्ट पार्टी माओवादी बीच विस्तृत शान्ति सम्झौता भयो जुन सम्झौताले औपचारिक रुपमा वर्षौंदेखि चल्दै आएको सशस्त्र द्वन्द्वलाई समाप्त गर्‍यो । अन्य धेरै सम्झौताहरुको कार्यान्वयनसँगै विस्तृत शान्ति सम्झौताले औपचारिक रुपमा पूर्व माओवादी सेनाका लडाकुहरुलाई ठूलो संख्यामा समाजमा तथा सानो संख्यामा नेपाली सेनामा समायोजन गर्‍यो । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको स्थापना नेपालको शान्ति प्रक्रियालाई समापन गर्ने अन्तिम चरण हो ।

आयोगले खासगरी निम्न बमोजिमको जिम्मेवारीहरु पूरा गर्ने उद्देश्य लिएको छ:

  • उपलब्ध भएसम्मका सामग्रीहरुको अध्ययन गर्ने ।
  • पीडितका परिवार तथा अन्य व्यक्तिहरुको तर्फबाट निवेदन आह्वान गर्ने ।
  • व्यक्ति बेपत्ता पार्नुको कारण, प्रकृति र स्तरको सत्यता जाँच गरी अभिलेख राख्ने ।
  • पीडितको अवस्थाको बारेमा छानविन गर्नेे ।
  • पीडितका परिवारलाई परिचयपत्र वितरण गर्ने  ।
  • पीडितका परिवारहरुको लागि परिपूरणको सिफारिस गर्ने र ।
  • व्यक्ति बेपत्ता गर्ने काममा संलग्न देखिएका व्यक्तिका विरुद्ध मुद्दा चलाउन महान्यायाधिवक्तासमक्ष लेखी पठाउने ।