बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग

नेपाल

पैसा नलाग्ने फोन नम्बर: १६६०-०१-२२१११

In English

गृहमन्त्री सँगको भेटघाट ।


2020-03-03

 

यस आयोगको तर्फबाट मिति २०७६ फागुन १९गते माननीय गृह मन्त्री राम बहादुर थापा समक्ष भेटघाट भएको छ।

भेटघाटको मुख्य उद्देश्य पीडितहरुलाई साविकमा शान्ति मन्त्रालयको कार्यदलमा राहत पाउन छुटेका व्यक्तिहरुलाई अन्तिरम राहत यथाशक्य चाँडो उपलब्ध गराउनु पर्ने, घर जग्गा सम्पति लगायत भौतिक क्षति भएकालाई क्षतिपूर्ति गर्नुपर्ने, बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २३ परिपूरण अन्तरर्गत निःशुल्क शिक्षा तथा स्वास्थ्योपचार, सीपमुलक तालिम, विना व्याज वा सहुलियतपूर्ण व्याजमा ऋण सुविधा, वसोवासको व्यवस्था, रोजगारको सुविधा लगायतका सुविधा र सहुलियत उपलब्धता गराउनुपर्ने, बेपत्ता व्यक्तिहरुको सम्मानको लागि केन्द्रीय, प्रदेश र जिल्ला स्तरसम्म द्वन्द व्यवस्थापन संग्रहालयको व्यवस्था गर्नु पर्ने, पीडितमैत्री कानून अविलम्ब ल्याउने व्यवस्था गरिनु पर्ने प्रस्ताव राखिएको थियो। उक्त कार्य गर्न यथाशक्य सहयोग पुर्‍याउने गृह मन्त्रीबाट प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

 

समाचार तथा सुचना