बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग

नेपाल

पैसा नलाग्ने फोन नम्बर: १६६०-०१-२२१११

In English

सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनसँग शिष्टाचार भेटघाट


2020-03-11

  सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनसँग  बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीबाट फागुल्ण 28 गते शिष्टाचार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त भेटघाटमा सम्माननीय उपराष्ट्रपतिबाट आयोगको नयाँ पदाधिकारीको वहालीपछि बेपत्ता पारिएका व्यक्तिको बिस्तृत छानविनको कार्यको प्रारम्भ रोल्पा जिल्लाबाट गर्न लागेकोमा खुसी व्यक्त गर्दै सो कार्यमा सहयोग र सद्भाव रहने कुरा बताउनु भयो । सो अवसरमा विस्तृत शान्ति सम्झौता अनुसार संक्रमणकालीन न्यायको काम चाँडै टुङ्ग्याउने भन्ने थियो विविध कारणले विलम्व हुन गएको तथा हाम्रो शान्ति प्रक्रिया हामी हाम्रो मौलिकतामा टुङ्ग्याउन सक्छौ अन्य देश सँग नमिल्न सक्छ भन्ने विचार व्यक्त गर्नुभयो । सो भेटको अवसरमा  आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगको कार्ययोजनाको जानकारी दिँदै सर्वोच्च अदालतको फैसला अनुसार कानुन संशोधन भएमा आयोगको काम कारवाहीलाइ पीडितमैत्री र पीडितको अपेक्षा अनुकुल बनाउन सकिने एवं ऐनमा अन्तरिम राहतका साथै सम्पति हस्तान्तरण  लगायतका अप्ठ्यारालाइ संवोधन गर्न सके र द्वन्द्व व्यवस्थापन राष्ट्रिय संग्रहालयको व्यवस्था  गर्न सके पीडितको सम्मान हुने धारणा राख्नु भएको थियो । उक्त अवसरमा आयोगका सदस्यहरु विश्व प्रकाश भण्डारी, डा.गंगाधर अधिकारी, सुनिल रंजन सिंह र सरिता थापाको उपस्थिती रहेको थियो ।

 

 

समाचार तथा सुचना