बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग

नेपाल

पैसा नलाग्ने फोन नम्बर: १६६०-०१-२२१११

In English

आयोगका पदाधिकारीहरुद्वारा प्रधानमन्त्रीसँग भेटघाट


2017-09-12

२०७२ साल पाैष ७ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरुले सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग भेटघाट गर्नु भयो । सो भेटघाट कार्यक्रममा आयोगले हालसम्म सम्पादन गरेका कार्यहरु, आफ्नो काम कारवाही सम्पादन गर्ने सम्बन्धमा बेहोर्नु परेका कठिनाईहरुका बारेमा जानकारी गराउनुको साथै आयोगले पेश गरेको मस्यौदा नियमावली यथाशक्य छिटो पारित गरीदिन अनुरोध समेत गरेको थियो । सो भेटघाट कार्यक्रममा आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिक, सदस्यहरु श्री विजुल वि.क.दुलाल, प्रा.डा.श्री विष्णु पाठक, श्री नरकुमारी गुरुङ्ग र श्री आई बहादुर गुरुङ्ग तथा सचिव श्री महेश शर्मा पौडेल सहभागी हुनु भएको थियो । सम्माननीय प्रधानमन्त्रीज्यूले आयोगलाई सरकारले उच्च प्राथामिकतामा राखेको र आवश्यक पर्ने सहयोगका लागि सरकार प्रतिवद्ध रहेकोे भेटका क्रममा उल्लेख गर्नु भएको थियो ।