बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग

नेपाल

पैसा नलाग्ने फोन नम्बर: १६६०-०१-२२१११

In English

बेपत्ता पारिएका व्यक्तिका परिवारसँगको छलफल कार्यक्रम सम्पन्न


2017-09-12

२०७२ साल पोैष ७ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आफ्नो  कार्यालय पुल्चोक ललितपुरमा बेपत्ता पारिएका व्यक्तिका परिवारसँगको छलफल कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा एक दर्जनभन्दा बढी वेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यहरु तथा पीडित परिवारहरुको हकहितमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपस्थित व्यक्तिहरुले आयोगको काम अत्यन्त चुनौतीपूर्ण रहेकाले निडर भई अघि बढ्नु पर्नेमा जोड दिंदै आफूहरु सत्य र न्यायको प्रतिक्षामा रहेको र सो कार्यमा आयोग सफल हुने आशा समेत व्यक्त गर्र्नु भएको थियो । आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगका सचिव श्री महेश शर्मा पौडेलले उपस्थित व्यक्तिहरुलाई स्वागत गर्नुका साथै हालसम्म आयोगले गरेका कार्यहरुका बारे प्रकाश पार्नुभएको थियो । साथै आयोगका अन्य पदाधिकारीहरुले समेत छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो ।
कार्यक्रमको समापन गर्दै आयोगका अध्यक्षले आयोगले गर्ने कार्यमा पीडितहरुको साथ र सहयोग अपरिहार्य रहेको, आयोग पीडित मैत्री रहेको र पीडितहरुको सहयोग विना आयोगको लक्ष्य प्राप्ति नहुने उल्लेख गर्नु भयो । छलफलका क्रममा आएका राय सुझावहरु आयोगका लागि मार्गदर्शन हुने तथा आगामी दिनमा समेत उहाँहरुको निरन्तर सहयोगको अपेक्षा गर्दै आयोगलाई प्राप्त जिम्मेवारी ईमान्दारीका साथ पूरा गरी दोषीलाई कारवाही तथा पीडितलाई परिपूरण सहित न्याय प्रदान गर्न आयोग दृढ रहेको कुरा बताउनु भयो ।